रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते ‘गोल अफ द सिजन’को अवार्ड

४ बर्ष अगाडि

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘युईएफए गोल अफ द सिजन’ अवार्ड जितेका छन् । युभेन्टसका स्टार खेलाडी क्रिस्टियारो रोनाल्डोलाई पछि पार्दै मेस्सीले सन् २०१८–१९ को गोल अफ द सिजनको अवार्ड जितेका हुन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजनमा मेस्सीको गोल उत्कृष्ट भएको घोषणा गरेको हाे । पब्लिक भाेटिङमा राेनाल्डाे दाेस्राे भएका छन् । राेनाल्डाेले युभेन्टसबाट पूर्व क्लब युनाइटेड विरूद्ध गरेकाे गाेल मनाेनयमा परेकाे थियाे । सार्डियाे मानेकाे गाेल तेस्राे स्थानमा परेकाे छ ।

मेस्सीले सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोलले अवार्ड जितेको हो । खेलमा डिबक्स बाहिरबाट मेस्सीले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो खेल बार्सिलोना ३–० ले विजयी भएको थियो । तर दोस्रो लेगमा ४–० ले पराजित भएपछि सेफिाइनल खेलबाटै बाहिरिएको थियो ।

युभेन्ट्सका रोनाल्डो, लिभरपुलका सार्डियो मानेसहित १० खेलाडीको गोल मनोनयमा परेको थियो । अवार्डको पब्लिक भोटिङमा मेस्सीले सर्बाधिक मत पाएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया