(Sunday, 18 August, 2019)
By: आजको अर्थ
साउन २६, २०७६

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ  ।

कम्पनीले  १० कित्ता शेयर बरावर नयाँ ७ कित्ता शेयर विक्री गर्न लागेको हो। कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद विक्री गर्दैछ । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको  छ ।

 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत