हालै आइपिओ बिक्री गरेको स्वाभिमानको नाफा २ करोड ५७ लाख

४ बर्ष अगाडि

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमासमा १११ गुणाले वृद्धि गरी रु २ करोड ५८ लाख कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा रु २ लाख मात्र थियो ।

रु ६ करोड १८ लाख चुक्ता पुँजी भएको स्वाभिमानले जगेडाकोषमा रु २ करोड ३१ लाख छुटाएको छ । जसले निक्षेपमा रु २७ करोड ८२ लाखसंकलन गरेको छ । भने कर्जामा रु ७९ करोड २१ लाख लगानी गरेको छ ।स्वाभिमानको खुद व्याज आम्दानी ३०७ प्रतिशतले वृद्धि गरी रु ५ करोड ३२ लाख पुगेको छ भने संचालन मुनाफा १४७ गुणाले वृद्धि गरी रु ३ करोड ७४ लाख पुगेको छ ।

जसको निष्कृय कर्जा शुन्य दशमलव ६० प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी ४१ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव २७ गुणा र प्रतिशेयर नेटवर्थ १३७ दशमलव ४२ रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया