‘ब्रह्मास्त्र’पछि विवाह बन्धनमा बाँधिदै रणवीर र आलिया !

४ बर्ष अगाडि

एजेन्सी – बलिउडमा प्रेममा रहेको जोडी रणवीर आलियाको खुबै चर्चा हुने गर्छ । क्याट्रिनासँग गहिरो प्रेममा रमाएपछि ब्रेकअपका कारण लामो समय फ्रस्टेड भएका रणवीर अहिले आलियाको साथ पाएपछि निकै दंग देखिन्छन् ।

यो जोडीको प्रेमले बलिउड खुबै चर्चा पाएको छ । यिनीहरुको बिहेका लागि दुबै परिवारको पारिवारिक सहमति भइसकेको समाचार समेत बाहिर आएको छ । भारतीय मिडियाका अनुसार दुवै जनाको परिवारले सामाजिक सञ्जालमा खुलेर एकअर्काको तारिफ गर्ने गरेका छन् ।

खवरअनुसार रणबीर आल‍िया छिट्टै विवाह गर्ने बुझिएको छ । ब्रह्मास्त्रको शूटिंग सकेपछि छिट्टै नै व्यक्तिगत पार्टी राख्ने बताइएको छ । दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।

आलिया रणबीर यतिबेला अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा व्यस्त छन् । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया