बैंकका कर्मचारीमा कस्ता गुण हुनुपर्छ ? हेर्नुहोस् नौ बुँदामा

४ बर्ष अगाडि

मान्छेहरु कस्ता स्भाव बैंक तथा वित्तीय संस्थामा काम गर्न चाहने तथा काम गरिरहेको कर्मचारीहरुमा अन्य संस्था तथा क्षेत्रमा काम गर्ने कर्मचारीहरु भन्दा केही फरक तथा केहि विषेश गुणहरु आवश्यक पर्दछ । अन्य क्षेत्र भन्दा बढी पारदर्शीता तथा लगाव चाहिने यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा निम्नलिखित गुणहरु हुनु पर्दछः

१. संगठित व्यक्तित्व
बैंकमा काम गर्ने कर्मचारीहरुलाई अत्याधिक दबाव तथा असंख्यक दायित्वहरु बिच आफनो जिम्मेवारीमा आएको दैनिक कामहरु गर्नु पर्ने हुन्छ । अन्य दायित्वहरु पुरा गर्दै आफनो दैनिक कामहरु अति नै चालाखी तथा मिहिन कुराहरुमा समेत ध्यान दिएर गर्नुपर्र्ने  अवस्था भएकाले बैंकको कर्मचारीहरुको व्यक्तित्व अन्य साधारण कर्मचारीहरुको भन्दा फरक हुनु पर्दछ ।

२. समस्या सामाधानकर्ता 
त्यस्तो व्यक्ति जो समस्याहरुसँग नडराई त्यसको डटेर सामना गर्न तथा आवश्यक परेको बेला कार्यालय समयभन्दा अन्य समयमा समेत काम गरेर समस्याको उचित सामाधान खोज्न सक्छ, त्यस्तो व्यक्तिलाई बैकिङ्ग क्षेत्रमा काम गर्न बढी प्राथमिकता दिईने भएकोले यो गुण अति नै आवश्यक गुण भित्र पर्दछ । 

३. छिटो सिक्ने 
संसारमा हुने नयाँ अविष्कारहरु सबैभन्दा पहिले बैकिङ्ग क्षेत्रमा नै भित्रिने तथा भित्रिएको प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा काम गर्ने कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ । यसको आलावा आफुलाई समयानुकुल परिष्कृत गर्नको लागि पनि केहि न केहि दैनिक रुपमा सिकिरहनु पर्ने हुन्छ । तसर्थ, बैंकमा काम गर्ने कर्मचारीहरु सदैव नयाँनयाँ कुराहरु सिक्नको लागि तत्पर रहनुपर्दछ ।

४. नेतृत्व 
बैंकमा काम गर्ने कर्मचारीहरुमा नेतृत्व गर्ने क्षमता हुन आवश्यक छ । कुनै वैंकमा आउने ग्राहकहरु सामाजमा भएको उच्च तथा शिक्षित वर्गमा पर्ने भएकोले त्यस्तो ग्राहकहरुलाई सफलतापुर्वक सेवा दिएर बैकमा पुनः आउनको लागी अभिप्रेरित गर्नको लागि कर्मचारीमा भएको नेतृत्व गर्ने गुण अति नै महत्वपुर्ण मानिन्छ । तसर्थ, बैंकको कर्मचारीहरुमा यो गुण हुन आवश्यक छ ।

५. कुशल संचारकर्ता
बैंकमा काम गर्ने कर्मचारीहरुमा अर्को नभई नहुने गुणहरु मध्ये पर्ने गुण हो, कुुशल संचारकर्ता । बैंकमा काम गर्ने कर्मचारीहरु ग्राहकहरुसँग निरन्तर संवाद गर्नुपर्ने भएकोले यो गुण हुन आवश्यक मानिन्छ । बैंकको कर्मचारीहरुले आर्थिक कारोबारहरुको सम्बन्धमा ग्राहकहरु नहिचकिचाई तथा झन्झट नमानिकन संचार गरि रहनुपर्ने भएकोले यो गुण कुनै पनि बैंकको कर्मचारीमा हुन आवश्यक हुन्छ ।

६. स्वतन्त्र
बैंकको कर्मचारीहरु आफनो कामहरु आफु स्वयम्ले मात्र गर्न सक्नु पर्दछ । आफ्नो जिम्मेवारीको कामहरु गर्नको लागि अरु कर्मचारीको सहयोग लिने अवस्था नआएको नै राम्रो हुन्छ । फेरि, आफुले गर्ने कामको सम्बन्धमा आफुलाई पुर्ण जानकारी छैन भने आफुले गरेको काम सही वा गलत के छ भन्ने कुरा पनि थाहा पाउन सकिँदैन । तसर्थ, बैंकको कर्मचारीले आफनो काम गर्नको लागी अरुमा भर नपरिकन स्वतन्त्र भई काम गर्न सक्ने हुनुपर्दछ ।

७. सहकार्यको भावना 
बैंकमा गर्नुपर्ने कतिपय कामहरु एक्लै गर्न नसक्ने प्रकृतिको  हुन्छ । यस्तो प्रकृतीको काम गर्नको लागि केहि कर्मचारीहरुको टिम बनाई काम गर्नुपर्ने भएकोले टिममा बसेर काम गर्न सक्ने गुण भएको कर्मचारीलाई कुनै पनि बैंकले अत्याधिक रुपमा रुचाउने गर्दछ । 

८. सर्तक तथा जागरुक
बैंक भनेको आर्थिक कारोबार हुने कार्यालय भएकोले बैंकको कर्मचारीहरु सदैव सर्तक भई काम गर्नुपर्ने हुन्छ । अहिलेको समाजमा सवै जना एकै नासको मान्छेहरु मात्र नबसी उछृङ्खल तथा अराजकतामा विश्वास गर्ने मान्छेहरु पनि बस्ने गर्दछ । समाजको अराजक तत्वहरु ग्राहकको रुप धारण गरि बैंकमा आएर विभिन्न प्रकारको गर्न नहुने कामहरु गर्न सक्ने सम्भावना पनि उतिकै भएकोले बैंकको कर्मचारीहरु सर्तक तथा जागरुक हुनु पर्दछ ।

९. इमान्दारीता
बैंकको कर्मचारीहरु इमान्दार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरु बैंकको आर्थिक कारोबारहरुमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ । कर्मचारीहरुले कुनै लोभ लालचमा नपरि काम गर्नुपर्दछ । एक पटक गुमेको विश्वास कहिले पनि फिर्ता नहुने भएकोले कर्मचारीको इमान्दारीताको दैनिक नै परिक्षण हुने गर्दछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया