मधुमेहको कारण लाग्न सक्छ यस्तो रोग, लक्षण र बच्ने उपाय

४ बर्ष अगाडि

विश्वभर ४२ करोड भन्दा बढी मानिस मधुमेहको समस्याबाट पीडित भएका छन् । नेपालमा पनि मधुमेहका रोगीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

नेपालमा प्रत्येक परिवारमा एक न एकजनामा मधुमेहको बिरामी रहेको चिकित्सकहरुको दावी छ । धेरै व्यक्तिहरुले समयमै स्वास्थ्य उपचार गराएर मधुमेह नियन्त्रणको प्रयास गरेपनि कतिपय नेपालीले मधुमेहको परिक्षण नगर्दा रोग लागेकै थाहा पाउँदैनन् ।

मधुमेहका बिरामीमा यस्तो लक्षण देखिन्छ
–भोक लागिरहने,
–पकट–पटक पिसाब लाग्ने,
–शरीर कमजोर हुने,
–बढी तिर्खा लाग्ने,
–गिजा पाक्ने,
–पिसाब नली तथा योनीमा संक्रमण हुने,
–हालखुट्टा झम्झमाउने,
–यौन शक्तिमा कमी आउने ।

कस्ता व्यक्तिलाई हुन्छ मधुमेह ?
–धेरै तनाव लिने व्यक्ति,
–अत्याधिक तौल भएको व्यक्ति,
–अस्वास्थ्यकर खानपान तथा जीवनशैली भएका व्यक्ति,
–परिवारको कुनै सदस्यमा मधुमेह भएको व्यक्ति,
–प्याङ्क्रियाजको रोगी,
–जन्मदा ४ केजी भन्दा बढी तौल भएको शिशु ।

मधुमेहलाई वेवस्ता गरे लाग्न सक्छ यस्ता रोग
–हृदयघाट तथा पक्षघातको सम्भावना हुन्छ,
–स्मरणशक्ति कमजोर हुन्छ,
–मिर्गौला सम्बन्धि रोगको जोखिम बढ्छ,
–आँखा सम्बन्धि समस्या बढ्छ,
–खुट्टा तथा नसामा भएको घाउ तथा चोटपटक थाहा हुँदैन ।

मधुमेहबाट यसरी बच्नुस्
– स्वस्थकर खानपानमा ध्यान दिने,
–नियमित शाररक व्यायाम तथा योगा गर्ने,
– मदिरा तथा धुम्रािन नगर्ने,
– सक्रिय जीवनशैली अपनाउने,
– समय समयमा स्वास्थ्य परीक्षण गराउने ।

४ बर्ष अगाडि

प्रतिक्रिया