काठमाडौंमा गोरखा-ताकुकोट सेवा समाजले गाईजात्रा कार्यक्रम गर्ने

४ बर्ष अगाडि

काठमाडौँ – गोरखा-ताकुकोट सेवा समाज काठमाडौंमा गाईजात्रा-२०७६ आयोजना गर्ने भएको छ । हरेक वर्षझैँ यस वर्षपनि समाजले काठमाडौँमा गाईजात्रा कार्यक्रम गर्न लागेको हो ।

समाजले साउन ३१ गते शुक्रबारको दिन ११:०० बजे देखि गाईजात्रा सुरु हुने जनाएको छ ।

गाईजात्रा बनस्थलीस्थित समाजको कार्यालय परिसर-अक्सफोर्ड ड्राभिङ सेन्टरबाट बिभिन्न नाॅच र बाजागाजा सहितको झाॅकीले बनस्थलीचोक-खरीबोट-बल्छी ध्रुवे फुटसल-राधाकृष्ण मन्दिर-ढुङ्गेधारा-नयाॅबजारक्लिनिक-गीताञ्जली चोक परिक्रमा गरि चमती मितेरीपुल हुदै कार्यालय परिसर (अक्सफोर्ड ड्राभिङ सेन्टर,बनस्थली) आएर समापन हुने आयोजकले जनाएको छ ।

गाईजात्रामा घोडा नाॅच, चिरेदार, भोटे(बिभिन्न हास्यव्यंग्य चरित्रहरु) गाईनानी तथा टाकटुके नाॅच सहितको मौलिक शैलिमा प्रस्तुतिहरु रहनेछन् । गोरखाको ताकुकोटमा मौलिक शैलिमा मनाईने गाईजात्रा कै स्वादमा यो गाईजात्रा लाई प्रस्तुत गर्न प्रयास गर्ने गाईजात्रा-२०७६ ब्यबस्थापन समितीका संयोजक अनुप श्रेष्ठ जानकारी दिए ।

संस्थाका अध्यक्ष रेशम श्रेष्ठले ‘आफ्नो संस्कृति को संरक्षणको निम्ती र अबको पुस्तामा हस्तान्तरण को लागि समेत यो कार्यक्रम सहयोगि बन्ने बिश्वास ब्यक्त गरे । ताकुकोट र काठमाडौंमा लाग्ने यो गाईजात्रा नेवारहरुको मात्रा नभई सम्पुर्ण समुदायको भव्य सहभागिता रहेको पाईन्छ सबैको उत्तिकै अपनत्व रहेकोछ।

उक्त गाईजात्रामा बिभिन्न मनोरञ्जनात्मक नाॅचहरु देखाइनुका साथै यो एक बर्ष भरि मृत्यु भएको परिवारको सम्झनामा आफन्तहरुले गाई निकाल्ने वा गाईजात्रामा नाॅच्नेहरुलाई फलफुल, दहि केरा, अन्य परिकार सहितको प्रसाद बितरण गर्ने गरिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया