जलविद्युत् कम्पनीको शेयरमा कन्तबिजोग, हिमाल दोलखाको शेयर नबिकेपछि पर्ने भए यी कम्पनी

४ बर्ष अगाडि

काठमाडौं – हिमाल दोलखा हाइड्रोपावरले निष्कासन प्राथमिक शेयरमा माग अनुसार आवेदन नपरेपछि प्रत्याभूतिकर्ताले सकार्नु पर्ने भएको छ ।

कम्पनीको ढिलो अवधि सम्मपनि शेयर बिक्री नभएपछि अन्डरराइटरले सकार्नु पर्ने सम्भावना बढेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

सबै शेयर बिक्री नभएपछि बिक्री प्रबन्धकले अन्डर राइटरमा जानु पूर्व आइतबारदेखि कम्पनीका संचालक तथा संस्थापकलाई शेयरको बिक्री खुला गरेको उनले बताए । संस्थापकले आइतबारदेखि मंगलबार कार्यालयसम्म आवेदन दिन सक्नेछन् ।

यो निष्कासनमा कम्पनीका संस्थापक शेयरधनी,सञ्चालक र निजका एकाघरका परिवार, कार्यकारी प्रमुख,लेखा परीक्षक र त्यसमा संलग्न व्यक्तिहरूले आवेदन दिन सक्ने छन । उनीहरूले क्यापिटलको केन्द्रीय कार्यालयसँगै सीआस्वा सेवा प्रदायक बैक वित्तीय संस्था र मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था छ ।

यो अवधिमा बिक्री भएको शेयरसहित बिक्री प्रबन्धकले शेयर बाँडफाँड गर्ने छ।बाँडफाँड गरेपछि बाँकी रहेको शेयरलाई बिक्री प्रबन्धकले कम्पनीको जिम्मा लगाउने छ ।  कम्पनीले बिक्री नभएको शेयर प्रत्याभूतकर्तालाई बिक्री गर्ने छ। चार अन्डर राइटरले बिक्री नभएको शेयर सकार्ने छन् ।

पछिल्लो तथ्यांक अनुसार नविल इन्भेस्टमेन्ट बैकिङ्ले ३३.७१ प्रतिशत शेयर सकार्नु पर्नेछ । नविलको भागमा १५ लाख ९६ हजार कित्ता शेयर पर्नेछ । सबैभन्दा कम नेपाल बंगलादेश क्यापिटलले छ । सो संस्थाले  ८.४३ प्रतिशत हुन आउने तीन लाख ९९ हजार कित्ता शेयर पर्नेछ ।

करिब ४० प्रतिशत मात्रै शेयर बिक्री भएको छ । एक महिनाको अवधिमा ३० लाख ६५ हजार १२० कित्ता शेयर बिक्री भएको बताइन्छ ।

कम्पनीले गत असार २५ देखि साधारण शेयर निष्कासन गरेको थियो ।सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई खुला गरेको थियो। कम्पनीका अनुसार यसमा स्थानीय प्रभावितले नकिनेको १४ लाख ७२ हजार २१० कित्ता शेयर समेत समावेश गरिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया