(Sunday, 18 August, 2019)
By: आजको अर्थ
साउन २७, २०७६

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु १० करोडको ट्रेजरी बिल आज बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । सो  ट्रेजरी २०७६ साल कात्तिक  २६ गते परिपक्व हुनेछ । यस अघि साउन २० गते केन्द्रीय बैंकले रु  १० करोडको ट्रेजरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत