यी स्वघोषित विज्ञ, जसले पदमा रहँदा सिन्को भाचेनन्

४ बर्ष अगाडि

काठमाडौं – सार्वजनिक पदमा रहँदा समेत वरको सिन्को पर नसार्ने पूर्व कर्मचारीहरुका कारण देशको विकास निर्माणको कामले गति लिन नसकेको स्पष्ट भएको छ । सरकारी सेवामा रहँदा कुनै काम नगर्ने, सकेसम्म बिगार्ने, कुनै पनि योग्यता क्षमता नभएका काम चोर कर्मचारीप्ले देशको विकास निर्माणलाई प्रभावित बनाएको सहजै अनुमान गर्न सकिन्छ । 

लामो ममय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सचिव भएर बसेका तुलसीप्रसाद सिटौलाले पदमा रहँदासम्म कुनै पनि राम्रो काम गरेनन् । सधै आफ्ना निकटलाई काम दिने र कसिमन पड्काउने, आफू भन्दा ठूलाको चाकडी गर्ने र सानालाई पेल्ने विशेष स्वभाव उनको रहेको थियो । पदमा रहँदा कुनै सिन्को नभाचेका सिटौला यतिबेला धने भौतिक पूर्वाधार विज्ञको रुपमा परिचय गराउँदै हिडेका छन् । 

केही दिन पहिले मात्रै सेवाबाट अवकाश पाएका अर्जुन कार्की, खानेपानी मन्त्रालयका पूर्व सचिव दिपेन्द्रनाथ शर्माले पनि आफूलाई विज्ञको रुपमा उभ्याएका  छन् । नेपाल विद्युत् प्राधिकरणलाई भड्खालोमा हालेका ्पूर्व सचिव कार्की आफू नेपालको ठूलो विज्ञ भएको तर सरकारले चिन्न नसकेको भन्दै गफ लगाउन थालेका छन् । 

पूर्व सचिव सिटौला जस्तै कार्कीले आफू नेपालको विकास निर्माण क्षेत्रको एक मात्र जानकार भन्दै आफ्नो योग्यता र क्षमताको सरकारले मूल्यांकन गर्नुपर्ने र उपयुक्त पद दिनुपर्ने बताउन थालेका छन् । 
प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट छानिएका सचिव शर्माले काम गर्न नसकेकै कारण प्राधिकरणको उक्त पदबाट राजीनामा दिएर हिडेका थिए । उनी लामो समय शहरी विकास मन्त्रालयमा पनि बसे । शहरी विकासका लागि कुनै पनि योजना बनाउन नसकेका, वरको सिन्को समेत पर नसारेका उनै शर्मा पछिल्लो पटक खानेपानी मन्त्रालयको सचिवबाट अवकाश लिए । मंगलबार मात्रै उनको मन्त्रालयबाट विदाई गरियो । तर उनले पनि आफूलाई नेपालको ठूलो विज्ञ आफू मात्रै भएको बताउन थालेका छन् । उनले आफ्नो विज्ञता र योग्यताको सरकारले कदर गर्नुपर्ने बताएका छन् । 

यस्तै अर्का पूर्व सचिव छन् भीमप्रसाद उपाध्याय । लामो समय सचिव पदमा रहेका उनले आफू पदमा रहँदा कुनै पनि राम्रो काम गरेनन् । सधै विवादमा मात्रै फसे । सधै सामाजिक सञ्जालमा सरकार, मन्त्री तथा उच्च राजनीतिक व्यक्तित्व विरुद्ध भए नभएको फतुर लगाउन सिपालु उपाध्यायले आफू नेपालको खानेपानी क्षेत्रको विज्ञ भन्दै हल्ला गराएका बसेका छन् । उनकै सल्लाहमा लागेका कारण खानेपानी मन्त्रालयका पूर्व सचिव गजेन्द्र ठाकुरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएमसीलाई भगाएका थिए । सिएमसीसँग मोटो रकम कमिसन मागेका कारण उसले नेपाल नै छाडेर हिड्ने अवस्था आइलाग्यो । खानेपानी मन्त्री बिनाम मगरको निर्णय क्षमताको अभावमा सचिव ठाकुरले राम्रैसँग खेलेका थिए । 

ठाकुरको ध्येय सिएमसीबाट जसरी भएपनि पैसा उठाउने भन्ने रहेको थियो । सचिव ठाकुर सिएमसीले पैसा दिएको खण्डमा कानून मिचेर भएपनि थप पैसा उपलब्ध गराउने दाऊमा थिए । पैसा मिलिहाल्छ नी किन समस्या प¥यो र ? मैले भनेको मान्दै जाऊ भन्ने सचिव ठाकुरको भनाइ थियो । सचिवले आफूसँग पैसा मागेको भन्दै सिएमसीका प्रतिनिधिले मन्त्री मगरलाई समेत जानकारी गराएका थिए । सो कार्यमा प्रधानमन्त्री कार्यालयमा सल्लाहकार भन्दै बस्ने घनश्याम भट्टराई पनि लागेका थिए । 

सिएमसीसँग पैसा झार्न खोज्ने सचिव ठाकुरलाई उनै मन्त्री मगरले असाध्यै राम्रो सचिव भन्दै मन्त्रालयमा ल्याएकी थिइन । तर आफैले राम्रो भनेर ल्याएको सचिवले नै मनलाग्दी गर्न थालेपछि आजित भएर उनै मन्त्री मगरले ठाकुरलाई मन्त्रालयबाट भगाउनु परेको थियो । उनै ठाकुरले आजकल पनि आफू मन्त्रालयमा भएको भए मेलम्ची काठमाडौँमा आइसक्ने भन्दै आफ्ना निकटस्थहरुलाई बताउने गरेका छन् । 

त्यसो त पदमा रहँदा केही काम नगर्नेहरुले आफूलाई विज्ञको रुपमा चिनाउँदै  एकाध टेलिभिजनमा अन्तरवार्ता दिने, केही अनलाइनमा रेडिमेड अन्तरवार्ता छपाउन समेत थालेका छन् । उता गृह सचिव प्रेमकुमार राईले भने मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा गराएरै भएपनि आफूलाई आगामी पुससम्म मुख्य सचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल समक्ष आग्रह गरेका छन् । 

राईले मुख्यसचिव रेग्मीलाई कुनै एक देशको राजदूत बनाउने भन्दै सल्लाह गरेरै राजीनामा दिन लगाउने तयारी गरेका छन् । सरकारको काम कारवाहीका कुनै सहयोग नगरेको, महत्वपूर्ण सूचना काँग्रेस केन्द्रीय कार्यालय सानेपा पु¥याएको जस्ता आरोप रेग्मीमाथि लागेको छ । त्यसो त राईलाई मुख्य सचिव बनाउने विषयमा रक्षा मन्त्री इश्वर पोखरेलले समेत लविङ सुरु गरेको बताइन्छ । नेकपाको केही दिन पहिले बसेको एक बैठकमा समेत पोखरेलले राई सरलाई के गर्ने हो भन्दै कुरा उठाएको बताइन्छ । 

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार पोखरेलले राईलाई मुख्य सचिव बनाउने प्रस्ताव बैठकमा ल्याएपनि प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डले ध्यान नदिएका कारण कुनै छलफल हुन पाएन । त्यसो त राईले  त्यस्तै लामो समय शहरी पूर्वाधार सार्वजनिक खरीद तथा विकास निर्माणको काममा चरम बदमासी हुन थालेपछि सरकार आफैले विज्ञ जनशक्ति तयार पार्ने भएको छ ।

स्वघोषित विज्ञहरुले हपारेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सार्वजनिक खरीद प्रक्रियालाई व्यवस्थित पारदर्शी एवम् जिम्मेवार बनाउने लक्ष्यका साथ विज्ञ जनशक्ति तयार पार्न लागेको जनाएको छ । सो कार्यालयले सार्वजनिक खरीद सम्बन्धी बोलपत्र कागजात, खरीद कार्यविधि, प्राविधिक मार्गदर्शन, खरीद व्यवस्थापनलगायतका सार्वजनिक खरीदसँग सम्बन्धित सार्वजनिक खरीदका जानकार योग्य, दक्ष र अनुभवी व्यक्तिलाई विज्ञको रुपमा काम गर्न दिने तयारी गरेको जनाएको छ । 

नेपालको भौतिक विकास निर्माणमा विशेष गरी दक्ष जनशक्तिको अभाव देखिएको छ । त्यसो त विकास निर्माणका काममा संलग्न निर्माण व्यवसायीको क्षमतामा समेत प्रश्न उठ्ने गरेको छ ।  आयोजनाको गम्भीरता तथा त्यसले पार्ने आर्थिक र सामाजिक प्रभावको बारेमा समेत कुनै अध्ययन हुन नसकेको पाइएको छ ।  निजी क्षेत्रको क्षमतामा समेत विकास हुन नसकेको अवस्था छ । जसका कारण सार्वजनिक विकास निर्माण प्रक्रियामा जुन स्तरको गति पैदा हुनुपर्ने थियो त्यो भने हुन नसकेको पाइएको छ । 

विशेष गरी नेपालको विकास निर्माणमा संस्थागत संरचनाकै अभाव देखिएको छ । विज्ञ भनिने जनशक्ति समेत आफू पदमा रहँदा सिन्को नभाचेका र पदबाट छाडेको भोलिपल्टदेखि विज्ञको रुपमा काम गर्दै हिड्ने प्रवृत्तिका व्यक्ति रहेका छन् । पूर्व सचिव, तथा पूर्व महानिर्देशकहरु पदमा रहँदा केही राम्रो काम नगरेका तर अवकाश भएपछि लगत्तै विज्ञ भनाउँदै हल्ला गर्ने प्रवृत्तिको निरत्साहनका लागि पनि सार्वजनिक खरीद अनुगमन कार्यालयले विज्ञको रोष्टर बनाउन लागेको हो ।

सो रोस्टरमा रहनेहरु मात्रै विज्ञको रुपमा रहने र स्वघोषित विज्ञहरुलाई कुनै पनि स्थान नदिइने भएको छ । पदमा रहँदा सिन्को नभाचेकाहरुले अहिले आएर विज्ञ भन्दै हल्ला गरेर हिड्नु तथा अनेकन प्रचार गराउनुको कुनै अर्थ नभएको सार्वजनिक खरीदका जानकारहरुको भनाइ छ । स्वघोषित विज्ञहले विदेशका थर्ड क्लास ठेकेदार तथा ब्रोकरहरुलाई ल्याएर नेपालको साधन तथा स्रोतमाथि पनि कब्जा जमाउने साजिस गरेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया