मासुमा प्रतिकिलो रु २० अनुदान

साउन २७, २०७६ | आजको अर्थ
ajaako_artha

रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा रु २० अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । किसानले उत्पादन गरेका जिउँदा खसीबोकाको कारोवारमा अनुदानको व्यवस्था गरिएको हो

गाउँपालिका  क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट यूवालाई व्यावसायिक बनाउन थालिएको छ । 

युवालाई व्यावसायिक बनाउन सकेको अवस्था गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । दूधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो एक रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो रु २० अनुदानको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्रको भुवन पोखरी, सोमादी, मुभुङ्ग र छहरामा गाईभैँसीपालन गरी दूधको कारोवार बढ्दो छ । जिल्लाका रिब्दिकोट तिनाउ र बगनासकाली गाउँपालिकामा दूध उत्पादनका आधारमा अनुदान वितरणलाई कार्यान्वयन गर्न थालेपछि रैनादेवी छहरा गाउँपालिकाले पनि अनुदानको कार्यक्रम ल्याएको छ ।

अनुदानका लागि सङ्घ संस्था, समूह तथा सहकारीमार्फत कारोवार गर्नेलाई मात्र अनुदान प्रदान गरिनेछ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ ८० किसानलाई भकारो सुधार कार्यक्रममा प्रतिभकारो सुधारका लागि रु सात हजार अनुदान प्रदान गरिने भएको प्रवक्ता पोखरेलले बताउनुभयो । गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम ल्याएको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७