यस्तो छ नायिका रजनी केसीको ‘फिट एन्ड फाइन’ सूत्र

४ बर्ष अगाडि

मैले आफूलाई फिट एन्ड फाइन राख्नका लागि परम्परागत विधि अपनाउने गरेको छु । म त अहिलेसम्म जिमखाना पनि गएको छैन ।

आजको नयाँ पत्रिकामा नायिका रजनी केसी अगाडि भन्छिन् :

मलाई ध्यान, योग मन पर्छ । त्यसैले फुर्सद भएको वेलामा घरमै आधा घन्टा जति ध्यान र एक घन्टाजति योग गर्ने गरेकी छु । विभिन्न पुस्तक पढेर, इन्टरनेट, टिभीको माध्यमबाट ध्यान र योग सिकेकी हुँ । शारीरिक तथा मानसिक रूपमा फिट रहनका लागि योग र ध्यान नै उत्तम उपाय लाग्छ, मलाई।

खानपिनमा भने म त्यत्ति धेरै सजग छैन । आफूलाई खान मन लागेका खानेकुरा बार्ने गरेकी छैन । प्रशस्त मात्रामा पानी पिउँछु । मदिरा सेवन, धूम्रपान गर्दिनँ । मटन, चिकन, फिस सबै खान्छु। मलाई चकलेट, आइसक्रिम र चटपटे पनि मन पर्छ । म शिवजीकी भक्त हुँ । त्यसकारण साउन महिनाभरचाहिँ भेजिटेरियन भएकी छु । साउने सोमबार व्रत बस्छु।

सधैँ सकारात्मक सोच राख्छु। हरेक कुरामा खुसी हुने प्रयास गर्छु । चर्चित व्यक्तिका बायोग्राफी, नोबल पढ्ने गर्छु। नेपाली, हिन्दी, अंग्रेजी, कोरियन, इरानी सबै भाषाका फिल्म हेर्ने गरेकी छु। पर्याप्त मात्रामा आराम गर्ने गर्छु । कसैलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। सायद, यिनै कुराले होला, म सधैँ ‘फिट एन्ड फाइन’ छु।

४ बर्ष अगाडि

प्रतिक्रिया