अमेरिकी दूतावासले किन दिए सन्दीपलाई भिसा ?

४ बर्ष अगाडि



  अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । उनले मंगलबार भएको अन्तर्वार्ता सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

क्यारेबियन प्रिमियर लिग सीपीएल) २०१९ प्रतियोगितामा सहभागी हुन भिसाका लागि आवेदन गरेका उनलाई राजदूतावासबाट भिसा दिन अस्वीकार भएको हो ।

‘मैले सन् २०१६ यता राष्ट्रिय क्रिकेट खेलाडीको रुपमा विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गर्दै आएको छु, भिसा अस्वीकृत भएकोमा म एददमै अचम्मित भएको छु,’ उनले लेखेका छन् ।

‘यो सब देखेर म हासिँरहेको थिएँ र शब्दविहीन भएँ । आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि अस्वीकृत हुनु अचम्म छ,’ उनले ट्वीटमा लेखेका छन्, ‘एक खेलाडीको रूपमा सीपीएलमा सहभागी हुन अब कठिन बन्दैछ ।’

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार, सीपीएललगायतलाई मेन्सन गर्दै ट्विट गरेका गरेका छन् । 

भिसा नदिएको कारणबारे आफूले कन्सुलरलाई सोध्दा जवाफ नदिएको सन्दीपले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया