(Sunday, 18 August, 2019)
By: आजको अर्थ
साउन २८, २०७६

आज नेपाली बजारमा सुनको भाउ एक हजारलेउकालो लागेको छ ।

गत साता ६६ हजार ३ सय रुपैयाँबाट लगातार बढेर ७० हजार पुगेको सुनको भाउ आज पनि एक हजारले बढेर ७१ हजार पुगेको हो ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि १० रुपैयाँ बढरेर ८३५ रुपैयाँमा कारोबार भईरहेको छ। 
 



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत