बलिउड अभिनेत्री: अभिनयमा फ्लप भएपछि अर्बपतिसँग बिहे

४ बर्ष अगाडि

एजेन्सी – बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट बिदा मागेका छन् ।

ती मध्ये केही अभिनेत्री जो बलिउडमा फ्लप भएर पनि अरबौँ पैसामा रमाइरहेका छन् कारण उनीहरुले निकै धनि व्यक्तिसँग बिहे गरे । ती अभिनेत्रीमा आयशा टाकिया, अमृता अरोरा र सेलिना जेटली पर्छन् ।

आयशा टाकिया
सन् १९८६ जनवरी १० मा भारतमा जन्मिएकी अभिनेत्री आयशा टाकियाले बलिउडमा ‘टार्जन द वन्डर कार’ बाट आफ्नो करियर सुरू गरेकी थिइन् । उनको पहिलो फिल्मलाई धेरैले मन पराए ।

राम्रो अभिनयका कारण उनलाई ‘फिल्म फेयर अवार्ड’ पनि प्रदान गरिएको थियो । तर टाकिया अभिनित थुप्रै फिल्म फ्लप भए । त्यसपछि उनले फरहान आजमीसँग बिहे गरिन् ।

जो निकै सफल व्यवसायी हुन् भने ससुरा नेता । १० मिलियन डलरका मालिक आजमीको परिवारमा टाकिया पनि निकै सुखमय जीवन विताइरहेकी छिन् ।

अमृता अरोरा
सन् १९८१ जनवरी ३१ मा जन्मिएकी अभिनेत्री अमृताले बलिउडमा २००४ सालमा ‘गर्लफ्रेन्ड’ नामक फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

चर्चित अभिनेत्री मलाइका अरोराकी बहिनी अमृताले केहि फिल्ममा काम गरिन् तर उनी अभिनित फिल्म चलेनन् । फिल्ममा चल्न नसकेपछि उनले शकील लन्डकसँग बिहे गरिन् । उनी भवनहरु निर्माण गर्ने कम्पनीका मालिक हुन् ।

उनको कुल कमाई १२ मिलियन डलर रहेको छ । र उनको कमाईमा अमृता खुशी जीवन बिताइरहेकी छिन् ।

सेलिना जेट्ली
यी अभिनेत्रीलाई बलिउड उद्योगमा निकै कम चिनिन्छ । ‘मिस इन्डिया’ समेत भइसकेकी यी अभिनेत्री ‘मिस यूनिभर्स’ पनि भइसकेकी छिन् ।

निकै सुन्दर यी अभिनेत्रीले बलिउडमा आफ्नो नाम चलाउन सकिनन् । र अन्त्यमा उनले पनि व्यवसायीसँग बिहे गरिन् । उनका पति पीटर पनि खरबौँका मालिक हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया