विद्यापीठमा ताला

साउन २९, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् । आयुर्वेद उत्तर माध्यमा तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाएका हुन् । 

नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यापीठमा पढाउन प्राध्यापकहरु नआउने गरेको भन्दै आफ्ना यी मागहरु सम्बोधन गर्ने गरी सहमति नहुँदासम्म ताला नखोल्नेसमेत विद्यार्थीहरुले बताएका छन् । 

विद्यापीठका प्राचार्य माधव अधिकारीका अनुसार उनीहरुका माग लगभग पूरा भएको र केही मागका विषयमा आपसी छलफलबाट टुङ्ग्याउने तयारीमा रहेको बताउनुभयो । साथै विद्यार्थीलाई छलफलमा आउनसमेत आग्रह गर्नुभयो । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७