सुनको मूल्य फेरी लाग्यो उकालो

४ बर्ष अगाडि

आज सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहिबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलामा ८४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया