जुवातास खेल्ने ११ जना पक्राउ

४ बर्ष अगाडि

प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही साउन २९ गते ५ :१५ बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका - ५ जोरपाटीमा मिना लामाले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा १ बुक तास, नगद १९ हजार १ सय ५० रूपैयाँ रखाजा घर संचालक मिना लामा सहित ६ जनालाई पक्राउ गरेको छ ।

यसै गरी महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले यही साउन २९गते ५ : ५० बजे काठमाण्डौ - ६ बौद्ध रामहिटीबाट जुवातास खेलिरहेको अवस्थामा १ बुकतास, नगद २ हजार ७ सय ९० रूपैयाँ र सोलुखुम्बु घर भई काठमाण्डौ बौद्ध रामहिटी स्थितहिमालयन शेर्पा किचन संचालन गरी बस्ने वर्ष ३६ को निमा शेर्पा सहित ५ जनालाई पक्राउगरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया