सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक, हेर्नुहाेस् कसले कति कमाए

४ बर्ष अगाडि

काठमाडौं – आर्थिक वर्ष २०७५/०७६ मा नाफा कमाउने बैंकहरुमध्ये सरकारी स्वामित्वका बैंकहरु अगाडि देखिएका छन् । 

वित्तिय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये गत आर्थिक वर्षमा राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा धेरै र कृषि विकास बैंकले दोश्रोमा नाफा कमाएका हुन् । 

मुलुकमा रहेका २८ वाणिज्य बैंकमध्ये हालसम्म १८ बैंकले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

विवरण अनुसार सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले नाफा कमाएको छ । उक्त बैंकले गतवर्ष ५ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको बैंकले गतवर्ष निक्षेप संकलन र ऋण लगानीमा आक्रामक रुपमा काम गरेपछि सबैभन्दा धेरै नाफा कमाएको हो ।  

एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।  बैंकको खुद व्याज आम्दानी १० अर्ब २२ करोड रुपैयाँ छ। 

राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ छ। 

दोश्रोमा कृषि विकास बैंक :
नाफा कमाउनेमा कृषि विकास बैंक दोश्रो स्थानमा छ । कृषि विकास बैंकले सबैभन्दा बढी ४ अर्ब ३५ करोड रूपैयाँ नाफा कमाएको हो । 

तेश्रोमा इन्भेष्टमेण्ट
धेरै नाफा कमाउने बैंकमध्ये नेपाल इन्भेष्टमेण्ट बैंक अहिलेसम्म तेश्रो नम्बरमा रहेको छ । उक्त बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६.५७ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

एभरेष्ट बैंक अहिलेसम्म चौंथो नाफा कमाउने बैंकमा परेको छ। 

एभरेष्टले गत आवमा ३ अर्ब ४ करोड रूपैयाँ कमाएको विवरण सार्वजनिक गरेको हो। 

अहिलेसम्मको विवरण अनुसार हिमालयन बैंक २ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएर पाचौँ स्थानमा छ । 

आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा १ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड रुपैयाँ कमाएको छ ।

बैंकको नाफा अनुसार सेयरधनीलाई २ अर्ब २ करोड रुपैयाँ अर्थात बैंकले करिब २४ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको छ । 

ग्लोबल आईएमई बैंकले २ अर्ब ७९ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको उल्लेख छ। ग्लोबल आइएमईले जनता बैंकसँग मर्जरमा जाने समझदारी गरिसकेको छ। दुवै बैंक मर्जरमा गए भने चुक्ता पुँजीको हिसावले सबैभन्दा ठूलो बैंक बन्नेछ।

सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंक पनि गतवर्ष धेरै नाफा कमाउने १० बैंकहरु भित्र परेको छ । उक्त बैंकले २ अर्ब ६१ करोड नाफा गरेको छ। 

नेपाल बैंकपछि धेरै नाफा कमाउनेमा एनएमबि बैंक रहेको छ । एनएमबीले २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले सेयरधनीलाई १ अर्ब २७ करोड रुपैयाँ अर्थात १३.२१ प्रतिशत लाभांश दिने गरी नाफा कमाएको छ । 

त्यसपछि धेरै नाफा कमाउने बैंकको सूचिमा सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंक छन् । उनीहरुले २ अर्ब ३० करोडका दरले नाफा कमाएको बिबरण सार्वजनिक गरेका छन् ।  

अहिलेसम्मको विवरण अनुसार धेरै नाफा कमाउनेमध्येको ११ औं नम्बरको बैंक हो सानिमा बैंक । उसको नाफा २ अर्ब २४ करोड छ । 

२ अर्ब भन्दा बढी नाफा गर्ने १२ औँ नम्बरको र्बैक प्रभु बैंक रहेको छ । जसले २ अर्ब ५ करोड नाफा कमाएको बिबरण सार्वजनिक गरेका छ । 

बाँकी अन्य बैंकहरुले भने २ अर्ब भन्दा कम नाफा कमाएका छन् ।

बैंक अफ काठमाण्डू १ अर्ब ९३ करोड, नेपाल बङ्गलादेश बैंक १ अर्ब ९३ करोड, माछापुच्छ्रे बैंक १ अर्ब ७० करोड, लक्ष्मी बैंक १ अर्ब ५७ करोड, सिटिजन्स बैंक १ अर्ब ४८ करोड र कुमारी बैंकले १ अर्ब ३३ करोड नाफा गरेका छन्।

यी वाणिज्य बैंकहरूले २ अर्बबाट ८ अर्ब चुक्ता पुँजी पुर्‍याइसकेका छन्। गत आवमा बैंकको लगानी र आम्दानी बढेकाले बैंकको नाफा बढेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर (बचत र ऋणको ब्याजदरमा हुनुपर्ने अन्तर) ४.५ प्रतिशत कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीलगायतका कारण बैंकको नाफा अपेक्षाअनुसार बढ्न नसकेको बैंकर बताउँछन्।
 


 

४ बर्ष अगाडि

प्रतिक्रिया