कपाल झरेर हैरान हुनुहुन्छ ?  खानुहोस यि ५ चिज !

४ बर्ष अगाडि

एजेन्सी – मौसम तथा दैनिक प्रयोग गर्ने पानीका कारण चिन्डो हुने गरी कपाल झर्ने गरेको छ। कपाल कै कारण धेरैलाई चिन्ता दिलाइरहेको छ । यो चिन्ताबाट मुक्त हुन थोरै सावधानी अपनाउ आवश्यकछ ।

विशेष गरी खानपिनमा जोड गरे कपाल झर्ने समस्याको केही समाधान हुन सक्छ । पौष्टिक तत्वसहितको सन्तुलित भोजनको सेवनले कपाल झर्ने समस्यालाई कम गर्न सकिन्छ । केही त्यस्ता खाद्यपदार्थ छन् जसलाई यदि आफ्नो भोजनमा सामेल गराएमा कपाल झर्ने समस्या कम हुनेछ स्

अण्डा – बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वले युक्त अण्डा कपालको विकास तथा स्वास्थ्यका लागि समेत महत्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।

पालुंगोको साग – पालुंगोलाई आइरन तथा फोलेट तत्वको भरपर्दो श्रोत मानिन्छ । कपाललाई लामो तथा स्वस्थ बनाउनका लागि पालुंगोको साग नियमित खानु लाभदायी हुन्छ । फोलेट तत्वले राता रक्तकोषको निर्माणमा मद्दत गर्छ जसले कपालमा अक्सिजन सञ्चार गर्दछ ।

मुसुरको दाल – मुसुरको दालका साथै सोयाबिन, टोफू तथा सिमी र केराउलाई नियमित रुपमा भोजनमा समावेश गर्नाले शरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्ने विज्ञहरुको भनाइ छ ।

शखरखण्ड – शखरखण्डमा पाइने भिटामिनहरु तथा बिटा क्यारोटिन कपाललाई स्वस्थ राख्न अनिवार्य हुने तत्व हुन् । बिटा क्यारोटिनका अन्य श्रोतहरुमा गाजर तथा फर्सी पनि हुन् ।

क्याप्सिकम – क्याप्सिकम भिटामिन ‘सी’को भरपर्दो श्रोत हो । कपाललाई स्वस्थ राख्न तथा राता रक्तकोषमा आइरनको मात्रा पर्याप्त राख्न भिटामिन सी आवश्यक पर्छ । त्यसैले क्याप्सिकमको नियमित सेवनले पनि कपाललाई स्वस्थ राखी झर्नबाट बचाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया