शिवम् सिमेन्टको आम्दानी ११ अर्ब ३४ करोड

४ बर्ष अगाडि

शिवम् सिमेन्टले ३१.४८ प्रतिशतले नाफा बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ । शिवम्ले १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष शिवम्ले १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

शिवमले ११ अर्ब ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । विक्रि लागत सात अर्ब २७ करोड ७५ लाख ३० हजार रुपैयाँ छ । शिवमको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ६० पैसा छ ।

शिवमले केही समय अघि प्रिमियम मूल्यमा आइपिओ जारी गरेको थियो । कम्पनीले स्थान्ीयका लागि २ सय रुपैयाँ प्रतिकित्ताका दरले र सर्वसाधारणका लागि ३ सय रुपैयाँ प्रतिकित्ताका दरले आइपिओ जारी गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया