किन महिला भन्दा पुरुषहरु कम रुन्छन् ?

४ बर्ष अगाडि

एजेन्सी – कति मानिस कुरैकुरामा रुन्छन् भने कति मानिस फिल्म हेर्दा समेत आँशु चुहाउँछन् साँच्चीकै असह्य पीडा खप्न परेर धुरुधुरु रुनेहरु पनि प्रसस्तै हुन्छन् । सबैका रुने कारणहरु अलग अलग हुनसक्छन् । उसोभए तपाइँ कस्तो खाले रुवाइको श्रेणीमा पर्नुहुन्छ त रु आखिर मानिसको आँखामा रुँदा किन आँशु आउँछ त रु धेरै फिल्म हुन्छन् जो मानिसहरुलाई रुवाउनकै लागि बनाइएका जस्ता लाग्छन् । आमरुपमा महिलाहरु रुने कुरालाई सामान्य रुपमै लिइन्छ । तर पुरुषहरु रुनु हुँदैन भन्ने मान्यता राखिन्छ । पुरुषहरु रोएको कुरालाई नराम्रो मानिछ र यस्ता पुरुषलाई कातर भनिन्छ । तर दुनियामा अधिकांस पुरुषहरु पुरुष हुनुका बाबजुत पनि मज्जाले रुन्छन् महिलाझैँ ।

तर समग्रमा महिलाको तुलनामा पुरुषहरु कम रुन्छन् । पुरुषहरु कम रुनुको कारण के हो त रुनुका फाइदा के के छन् रु आखिर मानिस किन रुन्छ रु यी प्रश्नहरु निकै उत्सुकताले भरिएका छन् । मनोविज्ञ विलियम फ्रेले सन् १९८२ मा गरेको एक अनुसन्धान अनुसार महिलाहरु औषतमा महिनामा ५ भन्दा बढि पटक रुन्छन् । तर पुरुषहरु भने महिनामा औषतमा डेढ पटक भन्दा बढि रुँदैनन् । महिलाहरु एक पटकमा रुँदा ५ देखि ६ मिनेटसम्म रुन्छन् भने पुरुषहरुले रुनका लागि एक पटकमा दुइ देखि ३ मिनेट खर्चिन्छन् ।

नेदरल्याण्डका मनोवैज्ञानिक एड विंगरहोएट्सले रुने विषयमा निकै धेरै अनुसन्धान गरे । उनका अनुसार रुवाइका विषयमा महिला र पुरुषबीचको यस्तो फरकपना बचपनदेखि नै आएको हुन्छ । बच्चा जन्मिनेबेला चाहे त्यो छोरा होस् वा छोरी ऊ बराबर नै रुन्छ । विज्ञहरुका अनुसार नवजात बच्चा रुनुको कारण आमालाई आफुतर्फ ध्यान केन्द्रित गराउनु हो । जन्मिनेबेला उत्तिकै रुने महिला र पुरुषहरु किन उमेर बढ्दै जाँदा धेरै र थोरै रुन्छन् त रु

यसमा समाजको फरक फरक माहोलको पनि हात हुन्छ । रुने कुरालाई खराब नमान्ने देशका मानिसहरु खुबै रुन्छन् । रुने कुरालाई नराम्रो मानिने देशका मानिसहरु पनि कम रुने गरेको पाइएको छ । अझ विंगरहोएट्सको अध्ययनले अर्को रोचक कुरा के पत्ता लगायो भन्दा गरीब भन्दा धनी देशका मानिसहरु बढि रुने गर्छन् ।

समाजको चरित्र मात्र होइन मानिसको रुने आनीबानीमा टेस्टेस्टेरोन नामक हर्मोनको सबैभन्दा ठूलो हात हुन्छ । प्रोस्टेट क्यान्सर भएर उपचार गराइरहेका मानिसहरु बढि रुने गर्छन् । यसको कारण के भने प्रोस्टेट क्यान्सर भएका मानिसहरुको उपचारमा प्रयोग गरिने औषधिका कारण मानिसमा टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन कम हुन्छ । यो हर्मोनको कमीले मानिस बढि रुन्चे बन्दछ ।

जीवहरुमा मानिसमात्र यस्तो जीव हो जो इमोसनल बनेर रुन्छ अर्थात् दुख मानेर रुन्छ । पहिले हात्ती पनि मानिसझैँ इमोसनल भएर रुने मान्यता थियो । तर अहिलेसम्म यो कुराको कुनै वैज्ञानिक प्रमाण फेला परेको छैन । मानिसहरु केवल दुखमा मात्र होइन कहिलेकाहीँ बढि खुसीमा समेत इमोसनल बनेर रुने गर्छ । सायद यस्तो चरित्र अरु कुनैपनि जिवमा हुँदैन । कतिपय मानिसको मान्यता के छ भने मानिस सामाजिक प्राणी हुनुका नाताले उसले कतिपय अवस्थामा रोएरै आफ्नो अनुभुति अभिव्यक्त गर्दछ । तर यो दाबीको पनि कुनै बलियो प्रमाण भेटिएको छैन ।

यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेकी छन्। उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तिमा ३० देखि ६४ पटक रुन्छन्। तर, पुरुष ६ देखि १७ पटक मात्र रुने गर्छन्। मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेबार गरेको बताएकी छन्।

‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुबै कारण जोडिएका छन्,’ उनले भनेकी छन्, ‘पुरुषको संवेग आउने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ। त्यस कारण यो शरीरको हर्मोनसँग सम्बन्धित छ।’ यसमा सांस्कृतिक कारण पनि छ। समाजले एकतर्फी रुपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुन्ताहित गर्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया