प्रमाण लुकाउँदै रवि लामिछाने, आरोपितहरुलाई नियन्त्रण गर्दै धम्क्याउँदै

विहीबार, ३० साउन २०७६, १६ : ५४

रहस्यमय मृत्यु भएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु अघिको भिडियो सार्वजनिक भएपछि सञ्चारकर्मी रवि लामिछानेले प्रमाण लुकाउन लागेको रहस्य खुलेको छ ।  

भिडियो सार्वजनिक हुनेवित्तिकै केहीबेरमा थप सामग्री सार्वजनिक गर्छु भनेर फेसबुक स्टाटस लेखेका लामिछाने भिडियोमा नाम लिएका व्यक्तिहरुलाई भेटेर सबै कुरा सार्वजनिक नगर्न धम्क्याएको पोल खुलेको हो । 

भिडियोमा नाम लिएकी रुकु भन्ने अस्मिता कार्कीलाई खोजी गर्ने क्रममा लामिछानेको समूहले नियन्त्रणमा लिएको फेला परेपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।  प्रहरीले उनलाई नियन्त्रणमुक्त गरेर चितवन पु¥याएको छ । 

आफ्नै पूर्व सहकर्मी रहेको पुडासैनीले मृत्यु अघि रवि लामिछाने लगायतका तीन जनाले तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भिडियो बनाएका थिए । उक्त भिडियोमा मृतक पुडासैनीले रुकु, रवि लामिछाने र युवराज कंडेलले आफूलाई तनाव दिएर आत्महत्या गर्ने अवस्थामा पुर्याएको बताएका छन् । 

प्रहरीसँग रहेको भिडियो प्रहरीले गायव पारेको आरोप लागिरहेको बेला बुधबार सार्वजनिक भएको थियो । उक्त भिडियो र अर्को एउटा अडियोको ल्याव जाँच गर्न काठमाडौँ पठाएकोले ल्याव रिपोर्ट आज मात्रै परीक्षणपछि चितवन प्रहरीकहाँ पुग्ने गरेको बताइएको छ । 

लामिछानेले भिडियोमा नाम लिइएका व्यक्तिहरुलाई भेटेर सबै कुरा नबोल्नका लागि दवाव दिएको प्रहरी स्रोतको दावी छ । 


 

विहीबार, ३० साउन २०७६, १६ : ५४

प्रतिक्रिया