पत्रकार रबि लामिछाने र युवराज कडेललाई चितवन लगिदैँ

ajaako_artha


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि रबि लामिछाने र युवराज कडेल पक्राउ परेका छन् ।

अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरी चितवन लैजाने तयारी गरिरहेको छ । प्रहरीले आजै ओखलढुंगाकी अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिएको थियो ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार न्युज २४ को कार्यालयबाट दुवैलाई पक्राउ गरेको हो ।

चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेललाई पक्राउ गरेको हो । आत्महत्या अघि पत्रकार पुडासैनीले कार्की, पत्रकार रवि लामिछाने र युवराज कडेलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको छ ।

उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार उनलाई अनुसन्धानका लागि चितवन लगिदैछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१