चिनियाँ भाषा सिक्ने बढ्दै

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा चिनियाँ भाषा पढ्नेको संख्या बढ्न थालेको छ । त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा औपचारिक पढाइ हुँदै आएको चिनियाँ भाषा पछिल्लो समय विद्यालय तहमा समेत पठनपाठन हुन थालेको छ । केही विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत राखेर अनौपचारिक रूपमा पढाउन थालेका हुन् । नेपाल र चीनबीच सम्बन्ध विस्तारक्रममा नेपाल पर्यटन बोर्डलगायत निकायले पनि चिनियाँ भाषा प्रशिक्षण दिइरहेका छन् । चीनसित शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय, पर्यटनलगायत पक्षमा नेपालीको पहुँच विस्तारसँगै भाषा सिक्नेको संख्या बढ्दै गएको छ ।

सन् १९६१ मा राजा महेन्द्रले ‘विश्व भाषा विद्यालय’ उद्घाटन गरेदेखि नेपालमा आधिकारिक रूपमा चिनियाँ भाषा सिकाउन थालिएको हो । त्यही विद्यालयलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विश्वभाषा क्याम्पस बनाइएको हो । क्याम्पस प्रमुख भीमनाथ रेग्मीका अनुसार यहाँ विदेशी विद्यार्थी र नेपाली विद्यार्थीलाई लक्षित भाषा पढाइन्छ । विदेशी विद्यार्थीलाई नेपाली, नेवारी, संस्कृत र पालि भाषा पढाइन्छ । नेपाली विद्यार्थीका निम्ति अंग्रेजी (आधारभूत र लेखन), फ्रेन्च, स्पेनिस, जर्मन, चिनियाँ, कोरियन, इटालियन पढाइन्छ । सबै पढाइ सेमेस्टर प्रणालीमा भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया