शैक्षिक प्रमाणपत्र धितो र विदेशबाट फर्केकालाई ऋण दिने कार्यक्रम असफल

४ बर्ष अगाडि

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने र विदेशबाट फर्किएका युवालाई ऋण दिने कार्यक्रम असफल भएका छन् । 

गत आर्थिकवर्षदेखि शुरु भएको कार्यक्रमको सन्तोषजनक प्रतिफल नआएपछि ति दुई कार्यक्रम असफल भएका हुन् । 

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रममा सहभागीता नै न्युन छ भने विदेशबाट फर्कनेहरुका लागि सरकारले ऋण दिन सकेको छैन । 

पहिलो वर्ष प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रममा जम्मा २४ जनाले मात्र ऋण पाएका छन्।

उनीहरुले रु १ करोड २६ लाख ५० हजार रुपैयाँ ऋण पाएका छन् ।  

सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिनेगरी गतवर्षदेखि यो कार्यक्रम शुरु भएको हो । 

विदेशबाट फर्केका युवाहरुलाई ऋण दिने कार्यक्रममा २२ हजार जनाले आवेदन गरेपनि जम्मा ४९ जनाले ऋण पाएका छन् ।

उनीहरुले १२ करोड ६५ लाख रुपैयाँ ऋण चलाएका छन्। यसमा पनि सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया