आइफोनले ल्याउने भयो – ११ का तीन मोडेल

४ बर्ष अगाडि

विश्वकै महँगो स्मार्टफोन ब्रान्ड एप्पलले आगामी सेप्टेम्बरमा आइफोन ११ का तीन मोडेल विश्व बजारमा ल्याउने भएको छ । आइफोनका नयाँ संस्करण कस्तो हुनेछ भन्ने अनुमान चलिरहँदा आइफोनको मोडेल र रंग कस्तो हुनेछ भन्ने विषयमा नयाँ जानकारी लिक भएको छ ।

हाल बजारमा चलिरहेको आइफोनको मोडेलहरुमा आइफोनको म्याक्स भर्सन छन् । म्याक्सपछिको नयाँ भर्सनमा एप्पलले म्याक्स र प्रो भर्सनमा आइफोन ल्याउने भएको छ । आइफोनको केस निर्माता कम्पनीमध्येको एक ईएसआरले केसहरुको सूची सार्वजनिक गरेको छ, जस अनुसार आइफोनका तीन मोडेलहरु छन् । सार्वजनिक भएको सूचना अनुसार एप्पलका नयाँ स्मार्टफोनहरु आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स हुनेछन् ।

एप्पलले ल्याउने बेसिक मोडलको नाम आइफोन ११ रहेको छ, जसको स्क्रीन साइज ६.१ इन्चको रहेको छ । त्यस्तै अर्को आइफोन ११ प्रो मोडल रहेको छ जसको स्क्रीन साइज ५.८ हुनेछ भने सबैभन्दा महँगो ठूलो साइजको आइफोनको नाम आइफोन ११ प्रो म्याक्स हुनेछ जसमा ६.५ इन्चको स्क्रीन राखिने बताइएको छ । यसबाहेक नयाँ आइफोनको कलर अप्सनको बारेमा पनि नयाँ जानकारी आएको छ । आइफोन ओरिजिलन ३ कलर अप्सनमा आउनेछ भने यसमा ग्लास ब्याकका साथमा मेट टेक्चर हुने बताइएको छ । आइफोन ११ प्रो म्याक्स ब्ल्याक, ह्वाईट, गोल्ड कलर अप्सनसहित नयाँ कलर डार्क ग्रीन कलरमा पनि उपलब्ध हुने बताइएको छ ।

तीनवटै मोडेलका स्क्रीन साइज हेर्ने हो भने यी सबै अघिल्लो वर्ष आएका आइफोन एक्सएस, एक्सआर र एक्सएसम्याक्ससँग मिल्दछ । यो वर्ष आउने आइफोनहरुमा रियर क्यामरा सेटअपको डिजाइन परिवर्तन हुने चर्चा आइरहँदा केसको डिजाइन पनि सोहि प्रकारको रहेको देखिन्छ । जसमा स्क्वायर डिजाइन रहेको छ । आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स मोडलमा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ भने सस्तो मोडल भनिएको आइफोन ११ मा भने ड्यूल क्यामरा सेटअप हुने बताइएको छ ।

नयाँ आइफोनहरुमा कम्पनीले ए१३ चीपसेट प्रयोग गर्नेछ भने यूएसबी केबलसहित आउने छ । आइफोनको ठूलो मोडलमा एप्पलले ३९६९ एमएएचको ब्याट्री प्याकका साथमा पुरानै ५ भोल्टको चार्जिंग हेड र लाइटिंग पोर्ट दिनेछ । आइफोनका आउँदा मोडेलमध्ये प्रो मोडेलमा पेन्सिल चलाउन मिल्ने फिचरका हुनेछन् । आइप्याड प्रोका लागि भनेर सार्वजनिक गरिएको जस्तो पेन्सिल अब आइफोनमा पनि हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया