रिलायन्स लाइफ इन्स्याेरेन्सकाे ६३ करोडको साधारण शेयर खुल्दै,

४ बर्ष अगाडि

रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६३ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । 

इन्स्योरेन्सको आज सम्पन्न दोश्रो वार्षिक साधारण सभाले रु ६३ करोड बराबरको शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

सो मूल्य जारी पूँजीको ३० प्रतिशत हो । 

अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रहेको रिलायन्स कम्पनी सिद्धार्थ बैँक लगायत प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित संस्था हो।

१ मंसिर २०७४ देखि  जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको उक्त इन्स्योरेन्स कम्पनका हाल ८८ वटा शाखाउपशाखा छन् । 

कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल छन्।

आज सम्पन्न सभाले अध्यक्ष ताराचन्द केडियाकले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन पारित गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया