रवि लामिछानेको नाममा अझै अमेरिकामा घर, किस्ता नतिरेपछि खाली गर्न पुर्जी

४ बर्ष अगाडि

सञ्चारकर्मी रवि लामिछानेको नाममा अमेरिकामा रहेको घर खाली गर्न भन्दै पुर्जी आएको छ । 

घर किनबेच गर्ने कम्पनीले लामिछानेलाई किस्ता नतिरेको भन्दै घर खाली गर्न पुर्जी जारी गरेको हो । 

पहिलो श्रीमती इशा लामिछानेसँग सम्बन्धविच्छेद गर्दा घर पनि श्रीमतिको नाममा दिएको भन्दै किस्ता तिरीदिने शर्त राखेको कुरा उनी आफैले सार्वजनिक गरेका थिए । 

तर घर खाली गर्न लामिछानेको नाममा १० जुनमा पुर्जी जारी भएपछि श्रीमतीलाई झुक्याएर घर आफ्नै नाममा राखेको रहस्य पनि खुलेको छ । 

सर्त अनुसार रविले छोरीहरुको फि र घरको किस्ता पनि नतिरेपछि आफूहरु समस्यामा परेको पूर्वश्रीमती इशाले बताएकी छन् । 

सामाजिक विकृतिको भण्डाफोर गर्ने भन्दै न्यूज२४ टिभिमा सिधा कुरा जनतासँग नामक कार्यक्रम चलार चर्चित बनेका विवादित पत्रकार लामिछाने आफू भने अहिले प्रहरी हिरासतमा छन् । 

आफ्नै पूर्व सहकर्मी सालिकराम पुडाशैनीले रवि लगायतका तीन जनाले तनाव दिएका कारण आत्महत्या गर्न बाध्य भएको भन्ने आसयको भिडियोका कारण उनलाई ३१ साउनमा प्रहरीले पक्राउ गरेको हो । 

केही समयअघि पूर्व श्रीमति इशासँगको सम्बन्ध विच्छेदको विषय मिडियामा सार्वजनिक भएपछि रविले आफै घोषित र अघोषित रुपमा चारजना महिलासँग सम्बन्ध रहेको खुलासा गरेका थिए ।  

उनकी पूर्व श्रीमती इशाले एकपछि अर्को त्यस्ता काण्ड पर्दाफास हुने बताएकी छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया