विश्वमा यस्तो बैंक छ जहाँ पैसाको सट्टा प्रेम कथा जम्मा गरीन्छ

४ बर्ष अगाडि

बैंक भन्ने वितिकै सवैलाई पैसाको कारोवार गर्ने ठाउँ वा पैसालाई सुरक्षित रुपमा जम्मा गर्ने ठाउँ भन्ने लाग्छ । 

तर आज हामी तपाईहरुमाझ यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ । उक्त बैंकको नाम हो लभ बैंक । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । भ्यालेनटाईनको दिनमा सो बैंकमा निकै भिडभाड हुन्छ । सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दछन् । 

लभ बैंक स्लोभाकियाको बन्स्का स्टिभनिका सहरमा अवस्थित रहेको छ । विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो बैंकको स्थापना गरिएको हो । विश्वको सबैभन्दा लामो उक्त प्रेमकविताका लेखक स्लोभाकियन कवि आन्द्रेज स्लेडकोविक हुन् । मारिया उनकी प्रेमिका थिइन् । मारिया जुन घरमा बस्थिन् सोही भवनमा लभ बैंक स्थापना गरिएको छ । हरेक वर्षको भ्यालेन्टाइन डे मा उक्त बैंकमा ठूलो संख्यामा प्रेमजोडीहरु उपस्थित हुने गर्दछ ।

त्यहाँ अन्तरक्रियात्मक प्रदर्शनी हुन्छ । प्रेमजोडीहरुले आफ्नो लिखित प्रेम कहानीहरु त्यहाँ डिपोजिट गर्दछन् । उक्त बैंकमा रोचक कुराको रुपमा भने बैंकमा एउटा लभ मिटर पनि छ । 
लभ मिटरमा प्रेमी प्रेमिकाहरुले आफ्नो प्रेमको मापन गर्दछन् । एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया