शरीर बलियो बनाउने हो ? यी ५ थरी खानेकुरा खान थाल्नुस्

४ बर्ष अगाडि

 शक्तिशाली मांसपेशी पाउनका लागि युवकहरू अनेकथरी काम गर्छन् । जिममा गएर घन्टौंसम्म व्यायाम गर्ने, पाएसम्मको औषधी खाइदिने अनि मल्टिभिटामिन चपाइदिने पनि गर्छन् ।

तर यो सबले मात्र तपाईंको शरीर मजबुत हुँदैन । यसका साथसाथै आफ्नो नियमित डाइटमा तपाईंले केही खानेकुराहरू समावेश गर्नुपर्ने हुन्छ । यी खानेकुराले शरीरलाई भित्रैबाट बलियो बनाउँछन् ।

१ ड्राई फ्रुट
काजु, बदाम, पेस्ता जस्ता ड्राई फ्रुट नियमित खाने मानिसको मांसपेशी बलियो हुन्छ ।

२ दुग्धपदार्थ
दूध, दही, लस्सी, पनीर र मक्खनमा प्रोटीन, क्याल्सियम, भिटामिन ए जस्ता पोषक तत्व विद्यमान हुन्छन् । यसबाट मांसपेशी मजबुत हुन्छन् ।

३  बदाम
बदाममा हुने अम्ल र जिंकले कमजोरी हटाउन मद्दत गर्छ ।

४ सोया
सोयाबीनमा भरपूर प्रोटीन हुन्छ । सोया मिल्क र पनीरलाई नियमित डाइट बनाउनुस् ।

५ फर्सी
फर्सीमा भएको भिटामिन, खनिज र एन्टीअक्सिडेन्टले शरीरलाई तागतिलो बनाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया