मन्त्री सनसनीपूर्ण अभिव्यक्तिः रविकाण्डको भिडियो संकास्पद

साउन ३२, २०७६ | आजको अर्थ
ajaako_artha

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व  पत्रकार रवि लामिछाने  लगायतले आत्महत्या  गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको बताएका छन् । 

शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ,  मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ ।’ 

त्यसो भए त्यो भिडियो इडिट गर्नेलाई खोजी गरिदैन ? भन्ने प्रश्नमा उनले कसैले बदमासी गरेको पाइए कारबाही गरिने बताए । उनले कानुनमाथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए । 

‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो’, मन्त्री ज्ञवालीले भने, ‘कानुन भन्दामाथि रविजी पक्कै  हुनुहुन्न, सोधपुछ हुँदैछ  निर्दोष  भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ ।’

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८