काठमाडौंमा चाइनिज स्वाद

४ बर्ष अगाडि

काठमाण्डौं – हायात रिजेन्सी काठमाण्डौले शुक्रबार दश दिने सिचुवान फूड फेस्टिबलको सुभारम्भ गरेको छ ।  

चिनियाँ खानाको १३ वर्षे लामो विज्ञता भएका सेफ याम बहादुर क्षेत्रीको संयोजनमा हायात रिजेन्सी काठमाण्डौंमा फूड फेस्टिबल सुरु भएको हो । 

सिचुवान खाना विभिधतापूर्ण स्वाद र विशिष्ट पकाउने विधिका अतिरिक्त पिरोको लागि निक्कै प्रख्यात छ ।  

दश दिनसम्म चल्ने फूड फेस्टिबलमा पाहुनाले कयैन सिचुवान परिकारका विशिष्ट स्वादको मजा लिन सक्छन् । 

सिचुवान फूड फेस्टिबल हायत रिजेन्सीको द क्याफेमा भइरहेको छ । फेस्टिबलमा सहभागी हुने प्रत्येक व्यक्तिले २२ सय रुपैयाँका अतिरिक्त कर तिर्नुपर्नेछ । कार्यक्रम अगष्ट १६ देखि अगष्ट २५ बीच साँझ ६ः३० देखि १० बजे हुनेछ । 

सिचिवान फूड फेस्टिबल हुन लागेको हायात रिजेन्सी काठमाण्डौं विश्वप्रसिद्ध ब्राण्ड हायात रिजेन्सीको एउटा हिस्सा हो । २८० कोठा भएको पाँच स्टार होटेल युनेस्कोमा सुचिकृत विश्व सम्पदा क्षेत्र बौद्ध स्तुपाको नजिकै रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया