काँग्रेसमा यसरी हुँदैछ पश्चगमन

४ बर्ष अगाडि

काठमाडौं – प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निर्वाह गर्न नसकेको नेपाली काँग्रेसमा चरम पश्चगमन हुने भएको छ । पार्टी विधान अनुसार आगामी फागुनसम्म महाधिवेशन गर्नुपर्नेमा त्यसो नगरी अन्तरिम संरचना बनाउने तयारी गरिएको छ । पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाले पार्टीलाई अझै तदर्थवादमा चलाउने योजना अनुसार नै आफ्नो पदावधि थप गर्न लागेको देखिएको छ । पार्टीमा अन्तरिम एवम् सक्रमणकालीन व्यवस्था लागू गर्ने लक्ष्यका साथ उनले काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा प्रस्ताव लगेका छन्ु । 

समयमा महाधिवेशन नगर्ने, पार्टीलाई पूर्ण रुपमा तदर्थवादमा चलाउन खोजेको भन्दै मसिनो गरी केही असन्तुष्ट नेताले विरोध गरेपनि त्यो विरोधले केही काम नलाग्ने देखिएको छ । विगतमा गिरिजाप्रसाद कोइरालाले पटक पटक पार्टीलाई तर्दथवादमा चलाएको उदाहरण दिँदै देउवाले पार्टी भित्रको सत्तालाई एकलौटी चलाउन खोजेका छन ् । असन्तुस्ट भनिएका रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाहरुले संगठित र संस्थागत रुपमा विरोध गर्न नसकेपछि काँग्रेसमा चरम पश्चगमन शुरु भएको हो । विगतमा पनि प्रजातन्त्रलाई दरबारमा बुझाएर अपराध गरेका देउवाले काँग्रेसलाई पुन ः त्यस्तै गर्न लागेको विरोधीहरुको भनाइ छ ।

देउवाको कार्यशैलीलाई लिएर विरोध गर्ने नेताहरुको संख्या बढ्दै गएपनि त्यसले संस्थागत स्वरुप पाउन सकेको छैन । रामचन्द्र पौडेलसँग कुनै नेता छैनन् । निर्वाचित महामन्त्री सशांक कोइराला मनोनित महामन्त्री पूर्णबहादुर खड्काको छाँयामा हराएका छन् । त्यस्तै डा रामशशरण महतलाई जस्तापाता काण्डले पोलिरहेको छ । प्रकाशमान सिंह नेता हुन लायक नभएको भन्दै काँग्रेसभित्र उनको ग्राफ घट्दै गएको छ । कोइराला परिवार भित्रका शेखर कोइरालाहरुको अवस्था पनि राम्रो छैन । 

आफूलाई युवा नेता बताउने र भनाउनेहरु पनि क्रमशः भ्रष्टाचार र अनियमिततामा फसेका छन् । गगन थापाहरुले सरकारसँग बाख्रा पाल्न लिएको रकम नै नतिरेको भन्दै चर्को कुरा गर्नुको कुनै अर्थ नभएको भन्दै विरोधको स्वर बढिरहेको छ । पार्टी प्रवक्ता बनाइएका विश्वप्रकाश शर्मालाई पिँध नभएको लोटाको रुपमा संज्ञा दिइएको छ ।

त्यसकारण काँग्रेसभित्र नेतृत्वको संकट पर्दै गएको छ । देउवाको विरोध गर्ने नाममा अगाडि सरेका भनेका नेताहरु समेत विगतमा भ्रष्टाचारमा डुबेकाहरु नै छन् । उपसभिापति बनाउँछु भनेर फोरम लोकतान्त्रिकलाई काँग्रेसमा ल्याएपति जिम्मेवारी नपाएको भन्दै सो समूहका नेताहरुको आक्रोश पनि बढेको अवस्था छ । त्यसो त विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने तयारी गरेको बुझिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया