वयस्क उद्योगले मेरो जीवन सा¥है गा¥हो बनाइदियो: मिया खलिफा

४ बर्ष अगाडि

वयस्क फिलमकी स्टार रहिसकेकी मिया खलिफाले एक अन्तरवार्तामा पहिलो पटक खुलेर आफ्नो वयस्क फिल्म करियरको कुरा गरेकी छिन् । 

अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तरवार्ताका क्रममा मिया खलीफाले वयस्क फिल्म निर्माता कम्पनीको आलोचना गरेकी छिन् । उनले तिनले अभावग्रस्त र अन्जान युवतीहरुलाई आफ्नो शिकार बनाउने बताएकी छिन् । 

हाल २६ वर्षकी मियाले सन् २०१४ अक्टोबरबाट तीन महिनाका लागि मात्र वयस्क फिल्म उद्योगमा काम गरेकी थिइन् तर उनलाई त्यस यता एक दिनपछि विगतले पछ्याउन छाडेको छैन । 
यसैले विगतप्रति पछुतो लाग्ने मियाले बताएकी हुन् । 

‘ मानिसहरुलाई वयस्क उद्योगमा करौडौं कमाई हुन्छ भन्ने सोच्छन् । तर मैले आफ्नो तीन महिनाको करिअरमा जम्मा १२ हजार डलर कमाएँ । उद्योग छाडेपछि रोयल्टीजस्तो कूनै कुरा पाएको छैन । अझ उद्योग छाडेपछि मलाई नयाँ काम पाउन निक्कै गा¥हो भयो । वयस्क उद्योगले मेरो जीवन सा¥है गा¥हो बनाइदियो ।’

उनी आफ्नो तीन महिनाको करियरमा वयस्क फिल्महरुको सबैभन्दा ठूलो वेबसाइट पोर्नहबमा सबैभन्दा खोजिने वयस्क स्टार बनेकी थिइन् । तर प्रशिद्धी अनुरुपको आय नभएको मियाले बताइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया