सुन्दासको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

४ बर्ष अगाडि

नेपाली काङ्ग्रेसले नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी लख्खीदेवी सुन्दासको निधनप्रति दुःख व्यक्त गरेको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गरी विसं २००३ मा कलकत्तामा भएको प्रथम अधिवेशनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी ८५ वर्षीय सुन्दासको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । 

“विसं २००३ मा कलकत्तामा भएको अधिवेशनमा स्व सुन्दास दाजर्लिङबाट नेपाली राष्ट्रिय काङ्ग्रेसको प्रतिनिधिका रुपमा जानु भई महिलाको हक, हित र अधिकारका लागि स्पष्ट वक्ताका रुपमा चिनिनुभएको थियो”, विज्ञप्तिमा भनिएको छ । उहाँको यही साउन ३१ गते निधन भएको थियो । 

स्व सुन्दास नेपाली साहित्यकी एक परिचित महिला हुनुका साथै सफल शिक्षिका समेत हुनुहुन्थ्यो । काङ्ग्रेसले सुन्दासको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया