खेलकूद क्षेत्रका अगुवा शाह नेकपामा प्रवेश

साउन ३२, २०७६ | आजको अर्थ
ajaako_artha

फिदिम–पाँचथर जिल्लामा खेलकूदको विकासमा लामो समयदेखि अगुवाइ गर्दै आएका सुरेश शाह आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
    
    आज फिदिममा आयोजित कार्यक्रमबाट शाह नेकपामा प्रवेश गर्नुभएको हो । शाहलाई नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ लगायतले नेकपामा स्वागत गर्नुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वकेन्द्रीय सदस्य शाहले पाँचथरमा फिदिम स्पोर्टिङ क्लबको संस्थापक अध्यक्ष हुँदै खेलकूद क्षेत्रको विकासमा निरन्तर कार्य गर्दै आउनुभएको छ । 

    शाह विगतमा राप्रपा (संयुक्त)को जिल्लास्तरीय नेतासमेत हुनुहुन्थ्यो । शाहलाई पार्टीमा स्वागत गर्दै मन्त्री आङ्बोले जिल्ला र प्रदेश नं १ मा खेलकूद क्षेत्रको विकासका लागि शाहबाट सरकारलाई ठूलो सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८