१४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेचेपछि....

४ बर्ष अगाडि

काठमाडौँ - तराई मूलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ ।

सोही आरोपमा होटल याक एन्ड यतीको स्टोर शाखामा कार्यरत महेन्द्र खत्री पनि समातिएका छन् । शिशुको अवैध कारोवारमा मुख्य भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई नियन्त्रणमा लिइसकेको छ ।

कलंकीमा सञ्जीवनी गर्भपतन केन्द्र चलाएर बसेकी थापाले आफूकहाँ गर्भपतन गर्न आएकी एक किशोरीलाई प्रसूति गराउन थापाथलीस्थित परोपकार प्रसूतिगृह पठाएकी थिइन् । त्यहाँ जन्मिएकी शिशु निर्मलाले बाल मन्दिरका निर्देशक बालकृष्णलाई दिएकी थिइन् । बालकृष्णले ४ लाख ५० हजार रुपैयाँ लिएर बेलायती नागरिक डिना स्मिथलाई शिशु दिएका थिए । बेलायत जान हिँडेकी स्मिथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि शिशुको अवैध कारोबारमा बालकृष्णको संलग्नता खुलेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया