चलायमान बन्दै नेकपा

४ बर्ष अगाडि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ । लामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थिए । जसका कारण कार्यकर्तादेखि नेतासम्ममा आक्रोश सिर्जना हुँदै आएको थियो । नेकपाले आफ्ना सबै महŒवपूर्ण निकायमा नेताहरूलाई जिम्मेवारी दिएसँगै अब केन्द्रदेखि जिल्लासम्ममा पार्टीका गतिविधि समेत क्रियाशील हुनेछन् भने नेता तथा कार्यकर्तामा देखिँदै आएको आक्रोशसमेत मत्थर हुने विश्वास आम कार्यकर्ताले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीयस्तरमा गठन भएका सबै विभागमा प्रमुख र उपप्रमुख टुंग्याएको थियो । यस्तै, यसअघि नै पार्टीले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्जसहित सदस्य चयन गरिसकेको छ । नेकपाको जिल्ला कमिटीले पूर्णता पाइसकेका छन् ।राजधानी दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया