प्राधिकरण एक नम्बरको अब्बल संस्था बन्छ भन्दै मन्त्री पुनले गरे कुलमानको प्रशंसा

४ बर्ष अगाडि

काठमाडौं  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन् । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको उनले बताए । प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे ।

विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उनले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो । सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गरे। सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ। कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो। यो नै सफलताको प्रमुख श्रेय हो। पुनले भने।

प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पुर्याआएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्ष्भित्र विद्युत् पुर्याउने लक्ष्य राखेको उनले बताए। उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उनले बताए। आगामी वर्षामाल नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पुर्याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उनले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पारे।मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उनले बताए।

४ बर्ष अगाडि

प्रतिक्रिया