रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्यो, एसएसपीविरुद्ध लेख्नेपनि समातिए

४ बर्ष अगाडि

आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरेले सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले प्रहरी परिसर काठमाडौंमा आफ्नो श्रीमानको आत्महत्यामा तीनै जना दोषी रहेको दाबी गर्दै अनुसन्धानका लागि जाहेरी दिएकी हुन् । 
यता प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीविरुद्ध सामाजिक सञ्जालमा अमर्यादित र भ्रामककुरा लेखेको आरोपमा रिदम बिसी भनिने शंकर बिक पक्राउ परेका छन् । उनले सञ्चारकर्मी ‘रवि लामिछानेलाई फसाउने भ्रष्ट पुलिस यही हो’ भन्दै फेसबुकमा लेखेका थिए । उनलाई अछामबाट पक्राउ गरी काठमाडौं झिकाइएको खबर कान्तिपुर दैनिकमा छापिएको  छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया