न्यायाधीश अधिकारीले किन दिए राजीनामा ?

४ बर्ष अगाडि

काठमाडौँ– उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । 
      
    न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिनुभएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ ।
       घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उहाँ छानबिनमा पर्नुभएको थियो । उहाँले ४० वर्ष न्याय सेवामा काम गर्नुभयो । न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया