शेयर कारोबार अनलाइनबाटै, नेप्सेले गर्यो यस्तो तयारी

५ बर्ष अगाडि

काठमाडौं । शेयर कारोबारलाई अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले अनलाइन शेयर ट्रेडिङ प्रणालीको परीक्षण गर्न कम्पनी नियुक्ति गर्ने तयारी गरेको छ ।

नेप्सेले वाइको कम्पनीले तयार पारेको अनलाईन शेयर कारोबारको परीक्षण, समस्या समधान र प्रमाणिकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

अनलाइन शेयर कारोबारको प्रविधि प्रयोगकर्ताले सञ्चालन गर्न सक्ने अवस्थामा पुर्याउनका लागि नयाँ परामर्शदाता नियुक्त गर्न लागेको नेप्सेले जनाएको छ ।

अबको एक महिनाभित्र परामर्शदाताको चयन गरिने तयारी गरिएको छ ।

वाइकोले अनलाइन सेयर ट्रेडिङको प्रविधि जडान गरिसकिएको छ ।

साउनदेखि पुर्ण रुपमा सेयर कारोबार अनलाइनमार्फत गराउने नेप्सेको तयारी छ । अनलाइनमार्फत हुने भएपछि लगानीकर्ता शेयर किन्न र बेच्नका लागि ब्रोकर कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा नगइ घर वा कार्यलयबाट आफनो कम्प्युटर, ल्यापटप र मोबाइलबाट शेयर खरिद बिक्रीको अर्डर गर्ने सक्ने छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया