नाडा अटो शो शुरु: अवलोकनकर्तामध्ये एकजनालाई मोटरसाइकल उपहार

४ बर्ष अगाडि

धेरै ब्रान्ड र मोडलका सावारी साधन एकै ठाउँमा हेर्न तथा रोज्न पाईने मेला नाडा अटो–शो आजदेखि शुरु भएको छ ।

अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा आज देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू अटो–शो भदौ १४ गतेसम्म चल्ने छ । 

अटो शोमा सवारी साधनको प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेन्टसका पनि स्टल राखिएको छ ।

नाडाले दशैं आउनु एक महिना अगाडि गर्न लागिएको अटो–शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिने र खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने कम्पनीहरुले बताएका छन् ।

साना र ठूला गरेर  १६० वटाहरु स्टलहरू रहेको अटो–शोमा  चारपाङ्ग्रे सवारीका २५ वटा कार, दुई पाङ्ग्रे सवारीका १९ वटा स्टलहरु रहेका छन् । 

यसैगरी ९ वटा बिभिन्न ब्राण्डका टायरहरु, १२ वटा लुब्रिकेन्टको ब्राण्ड, ब्याट्रीको ५ वटा ब्राण्ड, बैङ्क र बीमा कम्पनीका १३ वटा स्टल छन् भने ग्यारेजका सामान पाउने १४ वटा स्टलहरु रहेका छन् ।

नेपालकै ठूलो अटो शोका रुपमा रहेको नाडा अटो शोमा ७५००० ले अवलोकन गर्ने र ५ अर्बभन्दा बढीको ब्यापार गर्ने अपेक्षा रहेको नाडा अटो शो का प्रवत्ता एवम् प्रचारप्रसार समितिका सभापति अनुप बरालले बताए । 

मगंलबारदेखि आइतबारसम्म चल्ने शोमा सहभागी हुनका लागि अवलोकनकर्ताले प्रतिव्यक्ति २०० र विद्यार्थीको लागि १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । 

अटो शोमा टिकट खरिद गर्ने सबैमध्ये लक्की ड्रमार्फत एक जनाले भाग्यशाली विजेता भइ जीपीएक्स ब्राण्डको मोटरसाइकल उपहार दिने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । 

नाडा अटो शाेको इतिहासः

पहिलो अटो सो

मिति : २०५५ कात्तिक १९–२२, ५–८ नोमेम्बर १९९८

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : २६

दोस्रो

मिति : २०५७ असोज ७–११, २२–२६ नोमेम्बर २०००

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : ३१

तेस्रो

मिति : २०६० फागुन ६–१०, १८–२२ फेब्रुअरी २००४

स्थान : वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : ६२

चौथो

मिति : २०६४ असोज १०–१४, २७ सेप्टेम्बर–१ अक्टोबर २००७

स्थान : वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : ४३

पाँचौँ

मिति : २०६७ भाद्र १२–१६, २८ अगस्ट–१ सेप्टेम्बर २००९

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : ३२

छैटौँ

मिति : २०६८ भाद्र २१–२५, ७–११ सेप्टेम्बर २०११

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : ३८

सातौँ

मिति : २०६९ असोज ३–७, १९–२३ सेप्टेम्बर २०१२

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)

सहभागी कम्पनी : ५५

आठौँ

मिति :  २०७० भाद्र २६–३१, ११–१५ सेप्टेम्बर २०१३

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन

सहभागी कम्पनी : ४०

नवौँ

मिति : २०७१ भाद्र १८–२३, ३–८ सेप्टेम्बर २०१४

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन

सकभागी कम्पनी : ५०

दशौँ

मिति : २०७२ भाद्र २९– असोज ३, १५–२० सेप्टेम्बर २०१५

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन

सहभागी कम्पनी : ६५

एघारौँ

मिति : २०७३ भाद्र १४–१९, ३० अगस्ट–४ सेप्टेम्बर २०१६

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी : ७४

बाह्रौँ

मिति : २०७४ भाद्र १३–१८, २९ अगस्ट–३ सेप्टेम्बर २०१७

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी : ८३

तेह्रौँ

मिति : २०७५ भाद्र २६–३१, ११–१६ सेप्टेम्बर २०१८

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी : १३४

चौधौँ (यस पटक)

मिति : २०७६ भाद्र १०–१५, २७ अगस्ट–१ सेप्टेम्बर २०१९

स्थान : भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी : १४०

४ बर्ष अगाडि

प्रतिक्रिया