पर्यटनमन्त्रीद्वारा पोखरा विमानस्थल निरीक्षण, काम सकेरको दिन कर्मचारीलाई रथयात्रा गराइने

४ बर्ष अगाडि


पोखरा – सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् ।

 बुधबार बिहान पोखरा आएका उनले आयोजनाको भौतिक र वित्तीय प्रगति बुझेपछि फिल्ड निरीक्षण गरेका थिए । 

विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार आयोजनाको ४५ प्रतिशत काम सकिसकेको छ । 

मन्त्री भट्टराईले समयमै काम सक्न समेत निर्देशन दिएका छन् । उनले सन् २०२० डिसेम्बरमा काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथ यात्रा गराउने बताए । 

मन्त्री बनिसकेपछि उनी  पहिलो पटक पोखरा आएका हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया