गायक शिव परियार दुर्घटनामा घाइते

५ बर्ष अगाडि

काठमाडौं – गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान  भएको  मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । 
 उनले चलाएको बा ० प ९९९ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको  मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । 
 उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने फर्किएको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया