नेपालमा ५ दिनमा ५ अर्बका गाडी बुकिङ

४ बर्ष अगाडि

गाडी किन्ने रहर र आवस्यकता हुनेहरुले वितेको ५ दिनमा नेपालमा ५ सय करोड भन्दा बढीका गाडी बुकिङ भएका छन् । यसरी गाडीको विक्री गर्ने र किन्ने अवसर जुडाईदिएको हो सवारी साधन र उपकरण विक्रेताको कुम्भ मेला नाडा अटो शो २०१९ ले । 

१० देखि १६ भदौसम्म काठमाडौंको भृकृटीमण्डपमा भएको अटो शो मा ८५ हजार अबलोकनकर्ताहरुले अबलोकन गरेको नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । दुलालका अनुसार मेलामा एउटैको ७२ लाख मूल्य पर्ने बाइक समेत बुक भएको छ । 

मेलमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु मध्ये उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रा।लिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटियमका लागि नेपालको आधिकारिक विक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ । त्यसैगरी बेष्ट सपोटिङ्ग स्टलकातर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मि ल्युव आयल प्रालिले जितेको छ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा ११ वटा वित्तीय संस्थाहरुको सहभागिता थियो ।अवलोकनकर्ता मध्ये लक्की ड्र गरी एकजनालाई मोटरसाईकल उपहार दिने योजना अन्तर्गत टिकट नम्बर ०१२३३१ ले २०० सिसि क्षमताको मोटर साइकल प्राप्त गरेका छन् । उक्त उपहार ओमेगा अटोमोबाइल्सको प्रायोजनमा राखिएको हो ।

अटो शो समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भप्रसाद दाहालले नाडा अटो शो २०१९ लाई सफल बनाउन सहयोग पुर्‍याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया