युद्धले कुनै पनि समस्याको समाधान हुदैँन:  इमरान खान

४ बर्ष अगाडि

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरुद्ध आफूहरुले कहिले पनि युद्ध सुरु नगर्ने बताएका छन् ।

पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले सोमबार यो कुरा बताएका हुन् ।

खानले युद्ध कुनै पनि समस्याको समाधान नभएको पनि बताए ।

‘म भारतलाई के भन्न चाहन्छु भने युद्ध कुनै पनि समस्याको समाधान होइन । युद्धका विजेताले पनि खासमा हारेकै हुन्छ । युद्धले अन्य धेरै खराबीलाई जन्म दिन्छ ,’ उनले भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया