नेशनल लाइफले ३६ करोड नगद लाभांस दिने

४ बर्ष अगाडि

हरेक वर्ष बोनस शेयरमा मात्रै केन्द्रित रहँदै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यसपटक नगद लाभांश पनि वितरण गर्ने भएको छ । 

आर्थिक वर्ष २०७४/७५ नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । बैठकले २.५ प्रतिशत बोनस शेयर पनि दिने निर्णय गरेको छ । 

कम्पनीले अघिल्लो वर्षको नाफाबाट भने नगद लाभांश वितरण गरेको हो। कम्पनीले उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि आगामी हुने साधारणसभबाट पारिने गर्ने छ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभाको तयारी सुरु बल्ल गरेको छ।

गत आर्थिक वर्षदेखि लागु भएको एनएफआरएस प्रणालीले गर्दा बीमा कम्पनीहरुले साधारणसभा गर्न ढिलाइ गरेका हुन्। 

नेशनल लाइफ  इन्स्योरेन्सकम्पनीका लगानीकर्ताले नगद लाभांश बापत ३६ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने चुक्ता पुँजी तीन अर्ब रुपैयाँको २.५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्त पुँजी तीन अर्ब ८ करोड रुपैयाँ कायम हुनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया