युएस ओपनः एन्ड्रेस्कु विजयी, सेरेनाको सपना चकनाचुर

भदौ २२, २०७६ | आजको अर्थ
ajaako_artha

क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छिन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो ।

सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन् । 
बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । 

क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । 

सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । 

बच्चाकी आमा सेरेनाको दुई वर्षअघि टेनिस खेलमा पुनरागमन भएको थियो । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छिन् । 

खेलमा पराजित भएपछि बोल्दै सेरेनाले म रेकर्ड बनाउनकै लागि खेलिरहेकी छैन भने । उनले भनिन् – आजको खेलमा मैले राम्रो खेल्न सकिनँ । मैले अझ राम्रो खेल्न सक्थें । 

विजयी एन्ड्रेस्कुले सेरेनासँग टेनिस खेल्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.१९११४.७९
European Euro१२३.७११२४.३६
UK Pound Sterling१४८.९०१४९.६८
Swiss Franc११६.४३११७.०४
Australian Dollar७६.३६७६.७६
Canadian Dollar८६.१६८६.६१
Singapore Dollar८२.०६८२.४९